Wikipedia

Search results

Saturday, February 28, 2015

फेसबुक अब नया स्वरुपमा !!!

फेसबुक चलाउनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ । केही समय यता निरन्तर नयाँ नयाँ फिचर दिँदै आएको फेसबुकले आफ्ना प्रयोगकर्तालाई अर्को एक नयाँ फिचर दिएको छ ।




फेसबुकले अव प्रयोगकर्तालाई आफ्नो तस्विर सहित स्टिकर समेत एट्याच गर्ने अवसर दिएको हो ।

यो फिचर एमाटिकन्स ५२ औं क्याटेगोरीमा छ । यसमा ड्याग, पिन्च, स्ट्रेच र रोटेट गरेर तस्विरमा स्टिकर टाँस्न सकिन्छ ।

रमाइको कुरा त यो फिचरमा डिसलाइक बटन समेत उपलब्ध छ ।

नेपाल भारतमा भने यो फिचर उपलब्ध भएको छैन ।

गत डिसेम्बरमा मात्र यो स्टिकर लञ्च गरेको फेसबुकले अव संसार भरि नै यो फिचर उपलब्ध गराउने जनाएको छ ।

अव फेसबुकको कमेन्टमा समेत स्टिकर टाँस्न सक्ने सुविधा छ ।

भेटियो सूर्यभन्दा १ करोड २० लाख गुणा ठूलो ‘ब्ल्याक होल’ !!!

अन्तराष्ट्रिय वैज्ञानिकहरुको एक समूहले ब्रम्हाण्डमा सूर्यभन्दा १ करो २० लाख गुणा ठूलो कालो छिद्र (ब्ल्याक होल) पत्ता लागेको जनाएको छ ।
यो अचम्मको अब्जेक्ट क्वासर (विकिरणको शक्तिशाली स्रोत) को केन्द्रमा रहेको छ जसले सूर्यको उर्जासँगको प्रतिस्पर्धामा केही अरब बढी विकिरण पैदा गर्दछ । बिग होल बनेको ९० करोड वर्षपछि यो ब्ल्याक होल बनेको हो ।

वैज्ञानिकहरुले यसलाई संसारकै सबैभन्दा धेरै चम्किने वस्तु भएको बताएका छन् । यो कसरी बन्यो भन्ने बारेमा अहिलेसम्म केही पत्ता नलागेपनि यस अनुसन्धानमा सम्लग्न एक वैज्ञानिकले विज्ञानमा अहिलेसम्म बनेका कुनैपनि सिद्धान्तहरुले यसलाई व्याख्या गर्न नसक्ने जनाएका छन् ।
वैज्ञानिकहरुले यस वस्तुको नाम SDSS J0100+2802 राखेका छन् । बिग होल बनेको ९० करोड वर्षपछि यसको जन्म भएको र यो पृथ्वीभन्दा १२.८ अरब प्रकाशवर्ष टाढा रहेको वैज्ञानिकहरुले जनाएका छन् ।
खोजमा सहभागी अस्ट्रेलियाका नेशलन विश्वविद्यालयका वैज्ञानिक फुयन बियानले यती कम समयमा यती ठूलो ब्ल्याक होल कसरी बन्यो भन्ने कुरा अहिलेको सिद्धान्तले ब्याख्या गर्न कठिन रहेको जनाएका छन् ।
यसअघि वैज्ञानिकहरुले क्वासरबारे अध्ययन गरेका थिए । अहिलेसम्म उनीहरुले करिब २ लाख क्वासरहरुको खोज गरिसकेका छन् । तर कुनै यति ठूलो पत्ता लागेको थिएन । चीनको पेकिङ विश्वविद्यालयका प्राध्यापक डा.जू बिङ वुले खोजको नेतृत्व गरेका छन् ।
उनले आफू यसबाट धेरै उत्साहित भएको र यो क्वासर निकै अनौठो रहेको बताएका छन् । पृथ्वीको उत्पत्तिको समयमा पनि क्वासरहरुको विकास तिव्र गतिमा भएकोले यसबाट वैज्ञानिकहरुलाई संसार उत्पत्तिका बारेमा अध्ययन गर्न सहयोग पुग्ने जनाइएको छ ।

                                                                             

Sunday, February 22, 2015

धुर्मुस दम्पती नै दूत !!!

हास्यश्रृंखला 'मेरी बास्सै' का दुई मुख्य कलाकार तथा दम्पती सीताराम कट्टेल 'धुर्मुस' तथा कुञ्जना घिमिरे 'सुन्तली' लाई सरकारले सरसफाइ दूत नियुक्त गरेको छ। नेपाल टेलिभिजनबाट प्रसारण हुने 'मेरी बास्सै' का साथै स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा हास्यप्रस्तुतिमार्फत विविध क्षेत्रका विकृति तथा विसंगतिविरुद्ध तिखो व्यंग्य गर्दै सामाजिक चेतना फैलाउँदै आएको यो दम्पतीलाई अघिल्लो बिहीबारको मन्त्रिपरिषद् बैठकले सरसफाइ दूत नियुक्त गरेको हो। सरकारले सन् २०१७ सम्म एक घर एक शौचालय बनाई खुला दिसामुक्त क्षेत्र बनाउने आफ्नो योजनालाई प्रभावकारी र सफल बनाउन कट्टेल दम्पतीलाई सरसफाइ दूत नियुक्त गरेको बताइएको छ। सरसफाइ दूत भएपछि सीताराम र कुञ्जनाले सरकारको यो अभियानमा सक्रियतापूर्वक साथ दिनुपर्नेछ। सरकारको यो निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै सीतारामले राज्यद्वारा दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताएका छन्। मन्त्रिपरिषद्बाटै निर्णय गरी कलाकारलाई कुनै अभियानको दूत नियुक्त गरिएको यो पहिलो अवसर हो।                              ekantipur.com बाट !!!

अमर प्रेमको निशानी !!!

खड्गशमशेर राणा आफ्नी रानी तेजकुमारीलाई असाध्यै माया गर्थे। उनी परमधाम भइन् तर खड्गशमशेरले आफ्नी रानीको माया बिर्सन सकेनन्। अनि बनाउन लगाए, रानीमहल। अहिले कालीगण्डकीको किनारमा अमर प्रेमको साक्षी बनेर पर्यटकलाई लोभ्याइरहेछ, यो रानीमहल। 
 
एक सय २१ वर्ष पुरानो रानीमहललाई नेपालको 'ताजमहल' भनेर पनि चिनिन्छ। ऐतिहासिक, पुरातात्त्विक र वास्तुकलाको उत्तम नमुना बनेर उभिरहेछ, यो महल। अहिले यो सम्पदालाई जोगाउन जीर्णोद्धारको काम भइरहेछ। 

 
यो महललाई उपयुक्त पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पर्यटन तथा संस्कृति मन्त्रालय र पुरातत्त्व विभागले जीर्णोद्धारको काम तीव्र गतिमा बढाएको छ। तर गुठीको जग्गा संरक्षणका लागि ठोस पहल भएको छैन। 
 
जग्गा व्यक्तिहरूले निजी बनाइसकेका छन्। गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरु क्षेत्र आफैंमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो। यही क्षेत्रको एउटा शोभा भएर उभिएको छ, रानीमहल। 
 
रानीमहल संरक्षण तथा पर्यटन विकास समितिले यसको जग्गा खोजी गर्ने प्रयास गरे पनि उपलब्धि हासिल हुन नसकेको समितिका अध्यक्ष देवीप्रसाद भट्टराई बताउँछन्। 
 
उनी भन्छन्, 'यसको वरिपरिको जग्गा व्यक्तिले धनीपुर्जा बनाइसकेको पाइएकाले किनबेचमा रोक लगाउने निर्णय भएको छ, अरू गुठीको जग्गाको आयस्ताको प्रमाणपुर्जा भेटिए पनि जग्गा भेट्टाउन कठिन भयो।' 
 
भारतको आग्रास्थित ताजमहलका संस्थापक मुस्लिम सम्राट् जहन शाह र रानी मुमताजको जस्तै आफू र रानी तेजकुमारीको प्रेमकहानी पनि लोकमा पछिसम्म अमर रहोस् भनी जनरल खड्गशमशेर राणाले यो महल निर्माण गराएका थिए। यसको बुर्जामा 'रानी तेजकुमारी शरणम्' भनी लेखिएको शिलालेख छ। 
 
मालपोतको अभिलेखमा खड्गशमशेरले महलपरिसरको खड्गमुक्तेश्वर शिवालय मन्दिर सञ्चालनका लागि पाल्पा माडी फाँटको भैंसीकट्टा ढकालेमा मोही शिवराम अर्याल र कुलप्रसाद पचभैयाले कमाएको जग्गाबाट वार्षिक तीन मुरी धान प्राप्त गर्ने व्यवस्था मिलाएको प्रमाण छ। यो क्षेत्रमा अरू पाखो जग्गासमेत गुठी अनुमान छ। 
 
त्यस्तै अर्गलीको आँटेटारीमा कुश्माखर पाण्डे र मोतीलाल पाण्डे मोही भएको जग्गाबाट वार्षिक १८ मुरी १० पाथी धान प्राप्त हुने प्रमाण भेटिएको छ। पूर्वी पाल्पाको बहादुर गाविसमा पनि गुठी भएको बुझिएको छ। 
 
माओवादी सशस्त्र युद्धकालमा राणाकालको पश्चिम नेपालको मुख्य प्रशासनिक केन्द्र एवं हालको पाल्पा जिल्लाको प्रशासन कार्यालय तानसेन दरबार ध्वस्त पारिएकाले कागजात नष्ट भएकाले जग्गा खोजीमा समस्या भएको हो। 
 
मालपोत र नापीको अभिलेखबाट पत्ता लगाउन प्रयास भइरहे पनि सफलता मिलेको छैन। रानीमहलले ओगटेको जग्गाको क्षेत्रफल तोक्नसमेत अतिक्रमणको कारण कठिन भएको छ। 
 
गुठीको आयस्ता प्राप्त हुन छोडेपछि मन्दिरको पूजा गर्ने, फूल टिप्ने र बाजागाजा बजाउने समूहले काम गर्न छोडेको धेरै वर्ष भयो। हालै जिविस र गाविस मिलेर वार्षिक ६० हजार रुपैयाँ पारिश्रमिक दिने गरी हेरालु राखिएको छ। 
 
१९५४ सालमा बनेको यो महलको संरक्षण र पर्यटकीय विकास कार्यमा २०५५ सालपछि मात्र सरकार र स्थानीयवासीको ध्यानाकर्षण भएको हो। राणाशासनको अन्त्यपछि उपेक्षाले यो प्रेमको निशानी खण्डहर बनेको थियो। 
 
अहिले स्थानीय, पर्यटन मन्त्रालय र पुरातत्त्व विभागको सहकार्यमा जीर्णोद्धार भइरहेको छ। अहिलेसम्म साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तीन वर्षभित्र जीर्णोद्धार सकिने र त्यहाँ पुग्ने नौ किलोमिटर सडकको कालोपत्र पूरा गर्ने लक्ष्य छ। 
 
यो महल बनाउन पश्चिम नेपालका जनताले इँटा बनाउने, पर्खाल लगाउने र जंगलबाट काठ ओसार्ने एवं कुद्ने काममा श्रमदान गरेका थिए। चुन, सुर्की (इँटाको धुलो) आदि विशेष सामग्रीबाट यो महल बनाइएको छ।
यसमा प्रयोग भएका इँटा र अग्राखको काठ निकै बलियो छ भने विशेष वास्तुकला प्रयोग भएकाले तीनतले यो महल अहिले पनि उत्तिकै बलियो र मनमोहक छ। इँटामा खड्गशमशेर लेखिएको छ। बढी काठको प्रयोग भएकाले सुन्दर देखिन्छ। जीर्णोद्धारमा चुन, सुर्की र सिमेन्ट प्रयोग भएको छ। 
 
आफू र रानी तेजकुमारीको प्रेमकहानी पनि लोकमा पछिसम्म अमर रहोस् भनी जनरल खड्गशमशेर राणाले यो महल निर्माण गराएका थिए। यसको बुर्जामा 'रानी तेजकुमारी शरणम्' भनी लेखिएको शिलालेख छ। 
अवलोकन गर्न वार्षिक सरदर एक हजार पाँच सय आन्तरिक र पाँच सयजति विदेशी पर्यटक आएको तथ्यांक छ। तानसेन आएका प्राय: पर्यटक यहाँ आउने गरेका छन्। अब टिकट लागू गर्ने योजना छ। 
 
रुरु क्षेत्रका हृषिकेश मन्दिरको हजारौं रोपनी, अर्गली दरबारको १२ रोपनी र रानीमहलको ठूलो परिमाणको गुठी जग्गा र धनमाल खोजी र संरक्षण गर्न सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने माग उक्त सम्पदा व्यवस्थापन समितिको छ। 
 
माओवादीको तानसेन दरबारमाथिको आक्रमणले यी तीनवटै सम्पदाको गुठी संरक्षणमा समस्या भएको समितिको अनुभव छ। 
 
खड्गशमशेर र रानीमहल 
 
इतिहासअनुसार १९०३ साल असोज १ गते २९ वर्षको उमेरमा प्रधानमन्त्री र सेनापति बनेका जंगबहादुर कुँवरले राणा पदवी पाए। श्री ३ महाराज पनि बने। १९४२ सम्ममा राणा परिवार सिंह र शमशेर खलकमा विभाजित भइसकेको थियो। 
 
रणद्वीप सिंहको हत्या गरी शमशेर खलकका जेठा ३२ वर्षीय वीरशमशेर श्री ३ बने। माहिला २६ वर्षे डम्बर हजुरिया जर्नेल र साहिँला २४ वर्षे खड्ग सेनापति बने। रणदेव र चन्द्रशमशेर क्रमश: पश्चिम, पूर्व र दक्षिण कमान्डिङ जर्नेल (जङ्गीलाठ) बने। 
 
यसैलाई ४२ साल पर्व भनिन्छ। वीरले खड्गलाई विश्वास गरी नेपालको सबै तैनाथको जिम्मेवारी सुम्पेका थिए। खड्गको १९४३ मा वीरको हत्या गरी श्री ३ बन्ने षड्यन्त्र असफल भयो। 
 
विश्वासघातको सजायबापत उनी पाल्पा गौंडाअन्तर्गतको अर्घाखाँचीको ठाडा निकाला गरिए। १९४५ मा वीरले उनलाई पाल्पाको पश्चिम कमान्डिङ जर्नेल (मुख्य प्रशासक) र भैरहवा, तौलिहवा, बागलुङ र पर्वतसम्मको अख्तियारी पद दिए। 
 
१९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि कालीगण्डकीमा संस्कार गरियो। खड्गले संस्कारस्थललाई रानीघाट नाम राखी रानीमहलको शिलान्यासका साथै त्यहाँ पुग्न तानसेनबाट घोडेटो बाटोसमेत बनाए। 
 
रानी तेजकुमारी रूपवती र सुशील महिला भएकाले खड्गको उनीप्रति अतिशय प्रेमभाव थियो। 
                                                                                                                    अन्नपूर्ण पोस्टबाट साभार !!!

नेपाली नायिका सुष्मा कार्कीको फोटोसुट भिडियो हेर्नुहोस !!!


भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि एसिड प्रहार (फोटो फिचर)

काठमाण्डु– विश्वभर प्रेमका पारखीहरुले भ्यालेन्टाइन डे मनाएको एक साता मात्र बितेको छ ।
उक्त दिन आफूलाई मन पर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने चलन छ । प्रेममा परिसकेकाहरुले भने माया साटासाट गरेर भ्यालेन्टाइन डे मनाए । धेरैका लागि सुखी बनेर आएका भ्यालेन्टाइन डे काठमाण्डुका दुई किशोरीका लागि भने अभिशाप बनेको छ ।
काठमाण्डुमा भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव अस्वीकार गरेको आरोपमा आइतबार बिहान एक किशोरीमाथि एसिड प्रहार भएको छ ।
वसन्तपुर झोछेस्थित एक ट्युसन सेन्टरमा बसिरहेका बेला मुखमा माक्स लगाएर आएका केही अपरिचत युवाको समूहले १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । बस्नेतलाई लक्षित गरी छ्यापिएको एसिड लागेर सँगै रहेकी १६ संगीता मगर पनि घाइते भइन् ।
पारिवारिक स्रोतका अनुसार सीमालाई भ्यालेन्टाइन डेका दिन कसैले प्रेम प्रस्ताव राखेको थियो । तर उनले अस्वीकार गरिन् ।
प्रेम अस्वीकार गरेकै कारण बदला लिन उनीमाथि एसिड प्रहार भएको अनुमान पारिवारिक श्रोतको छ । तर प्रेम प्रस्ताव राख्ने को थिए भन्ने खुलाइएको छैन । सीमाको अनुहार र ढाडसहित शरीरका विभिन्न भाग एसिडले डढेको छ ।
सिमाको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते संगीताको भने वीर अस्पतालमा उपचार जारी छ । यसैबीच प्रहरीले घटनामा संलग्नको खोजीकार्य तीव्र पारिएको बताएको छ ।
हेरौं एसिडबाट घाइते भएका दुई किशोरीको अवस्था ।
 तस्बिर सौजन्य kathamandutoday.com


Saturday, February 21, 2015

अभिनेत्रीले बाथरुममा नुहाएको भिडियो भाईरल बन्दै ! (भिडियो सहित)

सेलिब्रेटी भईसकेपछी कहाँ के गर्दा के हुन्छ र कस्तो समस्या पर्छ भन्ने कुरा सबैले बुझ्नैपर्ने कुरामा पर्छ । तर ‘पब्लिक फिगर’ बनिसकेका विश्वका धेरै सेलिब्रेटीहरुले आफ्नो कामले पछी पार्ने कुनै पनि प्रभाव ख्याल नगरी अघि सर्दा बार-बार आलोचनाका सिकार बन्ने गर्छन् । पछिल्लो पटक एक बलिउड (मराठी) अभिनेत्रीलाई यस्तै परेको छ । अभिनेत्री हंसिका मोटवानीले वाथरुममा नुहाउँदै गरेको भिडियो र तस्बिर बाहिरिएपछी अहिले सामाजिक सञ्जालहरुमा यो भाईरल बनिरहेको छ ।
यो भिडियो अपलोड भएको तीन दिनमा करिब डेढ लाख बराबरले हेरिसकेका छन् । जुन भिडियोमा उनले बाथरुममा निर्बस्त्र रुपमा नुहाएको तथा फोटो कैद गर्दै गरेको देख्न सकिन्छ । जहाँ उनले नुहाईरहेको अवस्थामा अरु नै कसैले  उनको बाथरुममा गोप्य क्यामेरा फिट गरेर उनको भिडियो खिचेको अड्कल काटिएको छ ।
तर अभिनेत्री हंसिकाले भने त्यो भिडियो आफ्नो नभएको दाबी गरेकी छन् । दर्जन जती बलिउड सिनेमामा अभिनय गरिसकेकी हंसिकाले ऋतिक रोशन अभिनित सिनेमा ‘कोई मिल गया’ बाट बाल कलाकार हुँदै हभिनय यात्रा थालेकी थिईन् ।
भिडियो हेर्नुहोसः