धुर्मुस दम्पती नै दूत !!!
हास्यश्रृंखला 'मेरी बास्सै' का दुई मुख्य कलाकार तथा दम्पती सीताराम कट्टेल 'धुर्मुस' तथा कुञ्जना घिमिरे 'सुन्तली' लाई सरकारले सरसफाइ दूत नियुक्त गरेको छ। नेपाल टेलिभिजनबाट प्रसारण हुने 'मेरी बास्सै' का साथै स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा हास्यप्रस्तुतिमार्फत विविध क्षेत्रका विकृति तथा विसंगतिविरुद्ध तिखो व्यंग्य गर्दै सामाजिक चेतना फैलाउँदै आएको यो दम्पतीलाई अघिल्लो बिहीबारको मन्त्रिपरिषद् बैठकले सरसफाइ दूत नियुक्त गरेको हो। सरकारले सन् २०१७ सम्म एक घर एक शौचालय बनाई खुला दिसामुक्त क्षेत्र बनाउने आफ्नो योजनालाई प्रभावकारी र सफल बनाउन कट्टेल दम्पतीलाई सरसफाइ दूत नियुक्त गरेको बताइएको छ। सरसफाइ दूत भएपछि सीताराम र कुञ्जनाले सरकारको यो अभियानमा सक्रियतापूर्वक साथ दिनुपर्नेछ। सरकारको यो निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै सीतारामले राज्यद्वारा दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताएका छन्। मन्त्रिपरिषद्बाटै निर्णय गरी कलाकारलाई कुनै अभियानको दूत नियुक्त गरिएको यो पहिलो अवसर हो। ekantipur.com बाट !!!
No comments:
Post a Comment