Wikipedia

Search results

Wednesday, April 12, 2017

live chat


Sunday, March 8, 2015

नेपाली आकाशमा अर्को दुर्घटनाको खतरा ! हेर्नुस आकाशमै यस्तो छ ट्राफिक जाम - See more at: http://dainiknepal.com/2015/03/44134.html#sthash.r3ddBPkf.dp1URwwP.dpuf

Flight-Kathmandu2
काठमाडौँको राडारमा देखिएको दृश्य
काठमाडौं, २४ फागुन । नेपाली आकाशमा आइतबार दिनभर हवाइ ट्राफिक जाम भएको छ ।
टर्किस एयरलाइन्सको जहाज दुर्घटनापछि त्रिभुवन बिमानस्थलमा यात्रुहरुको व्यवस्थापन अस्तव्यस्त भएकाले नेपाली आकाशमा ट्राफिक जाम भएको हो ।  काठमाडौँमा अवतरणका लागि पालो पाउनै समय भएपछि न्यूनतम ४५ मिनेटदेखि डेढघण्टासम्म आकाशमै  कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
त्रिभुवन बिमानस्थलको राडारले व्यस्तताका कारण देखाउँदै अवतरण अनुमति नदिएका कारण अधिकांश जहाज आकाशमै होल्ड गर्नुपरेको वायु सेवा कम्पनीहरुले जनाएका छन् । डेढ घण्टासम्म काठमाडौँको आकाशमा फन्को मार्दा समेत पालो नआएपछि इन्धन अभावका कारण यूएईबाट आएको एयर अरेविया र मलेसियाको एयर एसिया भारततर्फ डाइभर्ट भएका छन् । एयर अरेबिया भारतको लखनउ र एयर एसिया कोलकाता डाइभर्ट गरिएको हो ।
त्रिभुवन बिमानस्थलमा आइतबार यात्रुहरुको बाक्लो भीडभाड थियो । पाँच हजार भन्दा बढी यात्रुले बिमानस्थल भरिएको छ भने एक पटकमा आठवटासम्म जहाजहरु अवतरणका लागि पालो कुर्दै आकाशमै होल्ड भएका छन् । विदेशबाट आउने यात्रुले आफ्नो झोला र सामान लिनका लागि समेत सास्ती भोग्नुपरेको छ ।
टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएका बुधबारदेखि बन्द भएको त्रिभुवन बिमानस्थल शनिबारमात्रै खुलेकाले एयरलाइन्सहरुले उडान बढाएका छन् । जसका कारण विमानस्थलमा पार्किङको समेत समस्या भए l 

नेपालि फिल्म बिन्दास 2 हेर्नुहोस !!!










Saturday, February 28, 2015

फेसबुक अब नया स्वरुपमा !!!

फेसबुक चलाउनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ । केही समय यता निरन्तर नयाँ नयाँ फिचर दिँदै आएको फेसबुकले आफ्ना प्रयोगकर्तालाई अर्को एक नयाँ फिचर दिएको छ ।




फेसबुकले अव प्रयोगकर्तालाई आफ्नो तस्विर सहित स्टिकर समेत एट्याच गर्ने अवसर दिएको हो ।

यो फिचर एमाटिकन्स ५२ औं क्याटेगोरीमा छ । यसमा ड्याग, पिन्च, स्ट्रेच र रोटेट गरेर तस्विरमा स्टिकर टाँस्न सकिन्छ ।

रमाइको कुरा त यो फिचरमा डिसलाइक बटन समेत उपलब्ध छ ।

नेपाल भारतमा भने यो फिचर उपलब्ध भएको छैन ।

गत डिसेम्बरमा मात्र यो स्टिकर लञ्च गरेको फेसबुकले अव संसार भरि नै यो फिचर उपलब्ध गराउने जनाएको छ ।

अव फेसबुकको कमेन्टमा समेत स्टिकर टाँस्न सक्ने सुविधा छ ।

भेटियो सूर्यभन्दा १ करोड २० लाख गुणा ठूलो ‘ब्ल्याक होल’ !!!

अन्तराष्ट्रिय वैज्ञानिकहरुको एक समूहले ब्रम्हाण्डमा सूर्यभन्दा १ करो २० लाख गुणा ठूलो कालो छिद्र (ब्ल्याक होल) पत्ता लागेको जनाएको छ ।
यो अचम्मको अब्जेक्ट क्वासर (विकिरणको शक्तिशाली स्रोत) को केन्द्रमा रहेको छ जसले सूर्यको उर्जासँगको प्रतिस्पर्धामा केही अरब बढी विकिरण पैदा गर्दछ । बिग होल बनेको ९० करोड वर्षपछि यो ब्ल्याक होल बनेको हो ।

वैज्ञानिकहरुले यसलाई संसारकै सबैभन्दा धेरै चम्किने वस्तु भएको बताएका छन् । यो कसरी बन्यो भन्ने बारेमा अहिलेसम्म केही पत्ता नलागेपनि यस अनुसन्धानमा सम्लग्न एक वैज्ञानिकले विज्ञानमा अहिलेसम्म बनेका कुनैपनि सिद्धान्तहरुले यसलाई व्याख्या गर्न नसक्ने जनाएका छन् ।
वैज्ञानिकहरुले यस वस्तुको नाम SDSS J0100+2802 राखेका छन् । बिग होल बनेको ९० करोड वर्षपछि यसको जन्म भएको र यो पृथ्वीभन्दा १२.८ अरब प्रकाशवर्ष टाढा रहेको वैज्ञानिकहरुले जनाएका छन् ।
खोजमा सहभागी अस्ट्रेलियाका नेशलन विश्वविद्यालयका वैज्ञानिक फुयन बियानले यती कम समयमा यती ठूलो ब्ल्याक होल कसरी बन्यो भन्ने कुरा अहिलेको सिद्धान्तले ब्याख्या गर्न कठिन रहेको जनाएका छन् ।
यसअघि वैज्ञानिकहरुले क्वासरबारे अध्ययन गरेका थिए । अहिलेसम्म उनीहरुले करिब २ लाख क्वासरहरुको खोज गरिसकेका छन् । तर कुनै यति ठूलो पत्ता लागेको थिएन । चीनको पेकिङ विश्वविद्यालयका प्राध्यापक डा.जू बिङ वुले खोजको नेतृत्व गरेका छन् ।
उनले आफू यसबाट धेरै उत्साहित भएको र यो क्वासर निकै अनौठो रहेको बताएका छन् । पृथ्वीको उत्पत्तिको समयमा पनि क्वासरहरुको विकास तिव्र गतिमा भएकोले यसबाट वैज्ञानिकहरुलाई संसार उत्पत्तिका बारेमा अध्ययन गर्न सहयोग पुग्ने जनाइएको छ ।